अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन : अध्यक्षका आकांक्षी कमल कडायतले खोले सचिवालय

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि यहि असार २८ गते निर्वाचन हुँदै छ ।

निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका व्यसायी कमल कडायतले आफ्नो सचिवालय स्थापना गरेका छन् ।

nisarga

अत्तरियास्थित धनगढी रोडमा सारीका प्रिन्टिंग नजिक उनले सचिवालय सञ्चालनमा ल्याएका हुन् ।

विभिन्न समूह आ–आफ्ना उम्मेदवार छनोट तथा प्यानल निर्माणमा जुटेका छन् ।

यद्यपि हालसम्म कुनै पनि समूहले आधिकारिक रूपमा आफ्नो उम्मेदवार वा प्यानल घोषणा गरेको छैनन् ।

संस्थाका पूर्व उपाध्यक्ष समेत रहेका कडायतले प्यानलसहित निर्वाचनमा होमिने तयारी गरेका छन् ।