
अत्तरिया – कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महराको कमाण्डमा खटिएको २५ जनाको प्रहरी टोलीले आइतबार गोदावरी नगरपालिका क्षेत्रमा गाँजाका बोट फडानी गरेको हो।
अत्तरिया–महेन्द्रनगर सडकखण्डको छेउमा रहेको खाली (बाँझो) जमिनमा आफैं उम्रिएका करिब १५० देखि २०० वटा गाँजाका बोट फेला परेका थिए। ती बोटहरू फडानी गरी नष्ट गरिएको डिएसपी महराले बताएका छन् ।















