मछली खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

Image
maya metro

कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछली खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो ।

nisarga

सोही ठाउँका १५ वर्षीय आदेश लुहारको बिहीबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।