सर्पको टोकाईबाट घाइते गोदावरीका एक बालकको मृत्यु

Image
maya metro

अत्तरिया – सर्पको टोकाईबाट कैलालीको गोदावरीका एक बालकको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–६ का पाँच वर्षीय रियान साउदको सर्पदंशबाट उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

सागर साउदका छोरा रियानलाई गत साउन २३ गते दिउँसो आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले दायाँ खुट्टामा टोकेको थियो ।

सर्पदंशबाट घाइते भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

उनको उपचारकाक्रममा आज सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।