
अत्तरिया – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि कैलालीको अत्तरियास्थित लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ।
विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो। विद्यालयका सञ्चालक गिरिराज कडायतले विपत्तिको समयमा सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने बताए। विद्यालयले पनि यही मानवीय भावनाका साथ आर्थिक सहयोग गरेको उनको भनाइ छ।
















