
अत्तरिया – रसुवाको भोटेकोशी नदी र सोको तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा पुनस्र्थापनाका लागि कैलालीको अत्तरियामा रहेको एभरेष्ट एकेडेमीले आर्थिक सहयोग गरेको छ ।
विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ९० हजार जम्मा गरेको हो ।

विद्यालयले बाढीमा परी मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । त्यस्तै बेपत्ता तथा हराइरहेका व्यक्तिहरू सकुशल फेला परून् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न समेत विद्यालयले सबैसंग आग्रह गरेको छ ।














