
कैलालीको गौरीगंगा नगरपालिका– ४ स्थित कालिका माविको विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
थप सेवा सुविधा उपलब्ध गराउन समितिबाट निर्णय गराउने भन्दै बार्गेनिङ गरी दुई लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बमलाई पक्राउ गरेको थियो।

अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बमलाई दुई लाख रुपैयाँ बिगो कायम गरी मंगलबार उच्च अदालतमा आरोपपत्र दायर गरेको हो।















