
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित राधाकृष्ण मन्दिरमा सरसफाइ गरिएको छ ।
सोह्र श्राद्धको अवसर पारेर मन्दिर परिसरमा सरसफाइ गरिएको स्थानीय ज्ञानेन्द्र अवरिल क्षेत्रीले बताएका छन् ।

सरसफाइ अघि राधाकृष्ण मन्दिरका अध्यक्ष धर्मराज जोशीको सभाअध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. टि एन जोशी प्रमुख अतिथि रहेका थिए ।
औपचारिक कार्यक्रममा लाटागन्याप, मसानी,भुमदेउली, सहस्त्रलिंगका धामी तथा निंगलाशैनी माताको समेत उपस्थिति रहेको थियो । उनीहरुले पछिल्लो समय देवीदेउता तथा पितृहरुप्रतिको आस्था घट्दै गइरहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि डाक्टर जोशीले धार्मीक संघ संस्थाहरु सक्रिय हुन जरुरीरहेको बताए । अहिलेको युवा पुस्ताका साथै बालबालिकाहरुले अग्रजहरुलाई गर्ने सम्मान कम हुँदै गइरहेको हुँदा उनीहरुलाई सहि मार्गदर्शन गर्ने दायित्व पनि धार्मीक संघ संस्थाको भएको उनले बताए ।
मन्दिरका अध्यक्ष जोशीले धार्मीक संघ संस्था जर्गेना गर्नु सबैको दायित्यव भएको बताए । स्थानीय ज्ञानेन्द्र अविरल क्षेत्रीले हरेक शनिबार स्थानीय मठ मन्दिरमा सरसफाइ गरिने बताए ।
धर्म संस्कृति रहेमात्रै आफूहरुको अस्तित्व रहने भन्दैै उनले धार्मीक संघ संस्थाहरु जेगाउनु पर्ने बताए । सरसफाइ कार्यक्रममा डाक्टर जोशीसहित मन्दिरका पदाधिकारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।
त्यस्तै बुवाको पुन्यतिथिको अवसरमा अवसरमा सेती प्रादेशिक अस्पतालकी स्वास्थ्यकर्मी कमला भट्टले उक्त कार्यक्रममा फलफुल वितरण गरेकी थिइन् । कार्यक्रममा पितृ भजनकिर्तन पनि गरिएको थियो ।















