
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकन्द्रराज जोशीले दिएको राजीनामा स्वीकृत भएको छ।
जोशीले नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (क) बमोजिम मुख्यमन्त्रीमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई गत साउन २८ गते मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए।
धनगढी उपमहानगरपालिका–२ का जोशी मुख्यमन्त्री शाह पहिलोपटक मुख्यमन्त्री हुँदा पनि करिब आठ महिना मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका थिए।















