
अछाम – कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की बालिका बगेर बेपत्ता भएकी छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सीमानास्थित कर्णालीमा नुहाउने क्रममा १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

काठमाडौंबाट मङ्गलसेन आउँदै गरेकी शाहीसँगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुसल उद्धार गरेका थिए। उनीहरु दुवैको अवस्था सामान्य रहेको छ। बेपत्ता भएकी ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित रहेको प्रहरीले जनाएको छ ।















