डोटीका ३३ जनालाई खाद्यान्न र न्यानो लुगा वितरण

Image
maya metro

डोटी – सामाजिक अभियन्ता तथा दिदीबहिनी सेवा फाउन्डेसनकी अध्यक्ष लक्ष्मी कुमारी बोगटीको पहलमा डोटीका ३३ जनालाई खाद्यान्न, स्विटर र सारी वितरण गरिएको छ।

दसैँ–तिहारलाई लक्षित गरी आर्थिक अवस्था कमजोर भएका तथा दैनिक छाक टार्नसमेत कठिनाइ भोगिरहेका आमाहरूलाई राहत पु¥याउने उद्देश्यले सहयोग वितरण गरिएको अध्यक्ष बोगटीले बताइन् ।

nisarga

विभिन्न सहयोगदाता तथा फाउन्डेसनको सहकार्यमा पहाडी क्षेत्रमा सञ्चालन गरिएको यो सातौँ चरणको अभियान हो। अभियानमार्फत हालसम्म विद्यालयका बालबालिका, एकल तथा ज्येष्ठ आमासहित ६ देखि ७ सय जनालाई सहयोग गरिएको जनाइएको छ।

अभियानमा आई हेल्प फाउन्डेसन क्यानडा, बेद मोहन फाउन्डेसन, माला महतको टोलीसहित अमेरिका तथा अन्य स्थानमा रहेका विभिन्न सहयोगदाताले योगदान गरेका छन्। अध्यक्ष बोगटीले दुर्गम क्षेत्रमा रहेका विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरेकी छिन् ।