
अत्तरिया – कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।

संघका अध्यक्ष कमल कडायतको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व अर्थ राज्यमन्त्री प्रकाश बहादुर बम प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा बोल्दै उनले चाडपर्वले आपसी सम्बन्धलाई थप सुमधुर बनाउने बताए ।
त्यस्तै संघका अध्यक्ष कडायतले व्यवसायीहरुको हकहितका लागि उद्योग वाणिज्य संघ तत्पर रहेको बताए ।
कार्यक्रममा सहभागीहरूले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।















