भारतबाट अवैध रूपमा कपडा ल्याइरहेका कञ्चनपुरका ५ महिला पक्राउ

Image
maya metro

धनगढी – भारतबाट अवैध रूपमा कपडा ल्याइरहेका कञ्चनपुरका ५ महिला पक्राउ परेका छन्।

भारत–नेपाल सीमा क्षेत्र बसहीमा सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले तस्करी गरेर नेपालतर्फ लैजाँदै गरेको करिब ४० हजार रुपैयाँ मूल्यका कपडासहित पाँच जना महिलालाई पक्राउ गरेको हो।

nisarga

भारतको सम्पूर्णानगरस्थित बसही सीमा क्षेत्रमा खटिएको एसएसबीको ४९औँ वाहिनीअन्तर्गत ‘बी’ कम्पनीका जवानले शनिबार गस्तीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।