आफ्नै जग्गा उपभोग गर्न नपाएका श्रीलंकावासीले गरे सम्बन्धित निकायसँग छलफल

Image
maya metro

अत्तरिया – आफूसँग जग्गाधनी पुर्जा भए पनि आफ्नो जग्गा उपभोग गर्न नपाएका धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका स्थानीयवासीले समस्या समाधानका लागि सम्बन्धित निकायसँग छलफल गरेका छन् ।

सोमबार धनगढी उपमहानगरपालिका आयोजित छलफलमा स्थानीयवासीले जग्गाको स्वामित्व प्रमाणित गर्ने पुर्जा भए पनि आफ्नो जग्गा उपभोग गर्न नपाएको भन्दै समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् ।

nisarga

छलफलमा वडा नम्बर १३ का वडाध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, भूमि समस्या समाधान आयोगका प्रतिनिधि, किसान महासंघका प्रतिनिधि, धनगढी उपमहानगरपालिकाको भूमि शाखाका प्रतिनिधि तथा पीडित स्थानीयवासीको सहभागिता रहेको थियो ।

जग्गाको पुर्जा भए पनि उपभोग गर्न नपाएको भन्दै वन कार्यालय पुगे श्रीलंकाबासी

छलफलका क्रममा भूमि समस्या समाधान आयोगका प्रतिनिधिले स्थानीयवासीको समस्या समाधानका लागि चाँडै निकास निकाल्ने बताएका छन् ।

जग्गाधनी पुर्जा भएर पनि आफ्नो जग्गा उपभोग गर्न नपाउँदा समस्यामा परेका स्थानीयवासीले सम्बन्धित निकायसँग समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।