
कञ्चनपुर – कञ्चनपुरमा सत्ता गठबन्धन भत्किएको छ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबन्डामा सहमति नजुटेपछि कञ्चनपुरमा सत्ता गठबन्धन भत्किएको हो।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र मानिने नेताद्वय रमेश लेखक र एनपी साउदको गृहजिल्ला कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ।

गठबन्धनमा सहमति नजुटेपछि कांग्रेसलाई छाडेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादीका अध्यक्ष जीवनराज थापाले बताए।
‘लगातारको छलफलपछि पनि सहमति जुट्न नसकेको हो ।
९ स्थानीय तहमध्ये ५ स्थानीय प्रमुख माओवादी केन्द्र र ४ स्थानीय तह प्रमुख समाजवादीको भागमा परेको छ।
माओवादी केन्द्रले कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा प्रमुख पाएको छ।
बेदकोट नगरपालिका, भीमदत्त नगरपालिका, दोधाराचाँदनी नगरपालिका र पुनर्वास नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले पाएको छ ।













