
डडेल्धुरा – गन्यापधुरा गाँउपालीकामा भारी मतान्तरकासाथ नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
पालीका अध्यक्षमा नेपाली कांग्रेसका इन्द्र कार्की तथा उपाध्यक्षमा ज्ञानु सेठी प्यानल सहित विजयी भएका हुन् ।

कर्कीले ३१८४ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी विपी कांग्रेसका सुरेन्द्र मालीले १७०३ मत पाए । त्यस्तै उपाध्यक्षमा कांग्रसकी ज्ञानु सेठीले ३०१३ मत पाँउदा उनका प्रतिद्धन्दी नेकपा एमालेका इन्द्र महराले १७०३ मत पाएका छन् ।
गन्यापधुरामा नेकपा एमाले र विपी कांग्रेस गठबन्धन गरी चुनाव लडेका थिए । गाँउपालीकामा जम्मा ७ हजार मत खसेको सहायक निर्वाचन अधिकृत दीलीप तामाङले जानकारी दिएका छन् ।












