परशुराम नगरपालिका–२ मा काँग्रेसका वडा अध्यक्ष प्यानल सहित विजयी

Image
maya metro

डडेल्धुरा – भित्रिमधेश जोगबुडाको परशुराम नगरपालिका–२ मा नेपाली काँग्रेस बाट वडा अध्यक्षका उम्मेदवार प्यानल सहित विजयी भएका छन । वडा अध्यक्षका उम्मेदवार रमेश बोहरा प्यानल सहित विजयी भएका हुन ।

उनले २८३ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृतको कार्यालय जोगबुडाले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका उम्मेदवारले २२९ मत प्राप्त गरे । काँग्रेसले यस वडामा विजयी भए संगै नगर प्रमुख र उपप्रमुखका उम्मेदवारले समेत अग्रता लिएका छन ।

nisarga

वडा नं. १ मा माओवादीका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित हुदा काँग्रेस बाट नगरप्रमुखका उम्मेदवार माओवादी भन्दा पछी परेका थिए । वडा नं. २ मा काँग्रेस बाट नगर प्रमुखका उम्मेदवार रहेका भरत बडाएर जोशीले ३१९ मत प्राप्त गरेका छन । काँग्रेसका उपप्रमुखले ३०३ मत प्राप्त गरे ।

यस्तै माओवादीका नगरप्रमुखले २०३ र उपप्रमुखले १९१ मत प्राप्त गरे । वडा नं. १ बाट माओवादीका प्रमुख र उपप्रमुखले समान ५२८ मत प्राप्त गरेका थिए भने नेपाली काँग्रेसका प्रमुखले ४५२ र उपप्रमुखले ३६७ मत प्राप्त गरेका थिए ।

अहिले काँग्रेसका उम्मेदवारले कुल प्राप्त गरेका मतको संख्या ७७१, उपप्रमुखका ६७१ पुगेको छ । यस्तै माओवादी केन्द्रका प्रमुखको कुल मत संख्या ७३० र उपप्रमुखको मत संख्या ७१९ पुगेको छ ।