अमरगढीमा मतगणना भएका सातै वडामा कांग्रेसका उम्मेदवार विजयी

Image
maya metro

डडेल्धुरा – जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा मतगणना भएका सात वटै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । अमरगढीमा ७३६१ मत गणना सकिदा कांग्रेसका प्रमुख र उपप्रमुख कांग्रेस बिपी र एमाले संग अगाढी देखिएका छन ।

११ वटा वडा रहेको अमरगढीमा वडा नं. १ देखि ७ सम्म मतगणना हुदा सबै वडा अध्यक्षमा कांग्रेस विजयी भएको मुख्य निर्वाचन अधिकृत हरिप्रशाद शर्मा उपाध्यायले जानकारी दिए ।

nisarga

वडा नं. १ मा लोकबहादुर ऐर, २ मा हेमराज पन्त, ३ मा तिर्थबहादुर ऐर, ४ मा परमानन्द साहु, ५ मा टंक क्षेत्री, ६ मा केबी ताम्राकार र ७ नं. वडामा खडक बोहरा विजयी भएका छन ।

अमरगढीमा कांग्रेस र कांग्रेस बिपीका बिच प्रतिशपर्धा छ । कांग्रेस बाट प्रमुखका उम्मेदरवार डिल्लीराज जोशी र उपप्रमुखका उम्मेदवार पार्वती झुकाल शुरु देखी नै अगाडी देखिएका छन । जोशीले अहिले सम्म २८५९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी कांग्रेस बिपीका हरि भट्टले २३९९ मत प्राप्त गरेका छन ।

यस्तै कांग्रेसका उपप्रमुख झुकालले २६०६मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी एमालेका यज्ञराज अवस्थीले २५०१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचनको कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।