डडेल्धुरामा २२ मतदानस्थल थप गर्न सिफारिस

padma

डडेल्धुरा – सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेसँगै डडेल्धुरामा पनि चुनावको तयारी सुरु भएको छ।

Shikhar Dental

आगामी निर्वाचनका लागि जिल्लामा २२ मतदानस्थल थप गर्न सिफारिस गरिएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो। अहिले जिल्लामा स्थानीय तह निर्वाचनका लागि ८० मतदानस्थल र १ सय २६ मतदान केन्द्र थिए।

निर्वाचनको मिति घोषणा भएसंगै शुक्रबारदेखि भने मतदाता नामावली संकलन स्थगित हुने भएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.