डडेल्धुरामा देउवाविरुद्ध चुनाव लड्ने कर्ण मल्लको घोषणा

Image
maya metro

डडेल्धुरा – काँग्रेस विपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले आगामी निर्वाचनमा डडेल्धुरामा देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरेका छन्।

मल्लले आज विपीको १०९ औ जन्मजयन्तीको अवसरमा आयोजित वृहत् कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रतिनिधिसभाका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्। उनले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद लड्ने उद्घोष गरेका हुन्।

nisarga

उक्त कार्यक्रममा नेपाली काँग्रेस विपीका केन्द्रीय सभापति तथा पूर्वमन्त्री शुशिलमान शेरचन अतिथि रहेको थियो । कार्यक्रममा बोल्दै मल्लले ३१ वर्षसम्म शेरबहादुर देउवाले नगरेका काम आफनो पार्टीले गर्ने र आफनो पार्टीलाई जिताउनको लागि आग्रह समेत गरे ।

अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण देउवाविरुद्द विद्रोह गरेको मल्लले बताएका छन्।