देउवाको मनोनयन खारेजको माग गर्दै उजुरी

Image
maya metro

अत्तरिया – नेपाली कांग्रेसका सभापति एवंम प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । सोमबार आज देउवाको निर्वाचन क्षेत्र डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

नेपाली काँग्रेस बिपीका तर्फबाट डडेल्धुरामा प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर मल्लले देउवाको मनोनयन खारिजको माग गर्दै उजुरी पेस गरेका छन् ।

nisarga

मल्लले देउवाको नेपाली नागरिकताको प्रतिलिपि र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै उजुरी पेस गरेका हुन् ।

यता, निर्वाचन अधिकृतको कार्यालयले भने यस विषयमा भोलिसम्म निर्णय लिइने जनाएको छ ।