प्रधानमन्त्री देउवा आज गृहजिल्ला जाँदै

Image
maya metro

अत्तरिया – प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाआज (बिहिवार) गृहजिल्ला डडेल्धुरा जान लागेका छन् ।

बुधबार हेलिकप्टरमार्फत धनगढी पुगेका देउवाले दिउँसो डडेल्धुरा बसपार्कमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सात वटै स्थानीय तहमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तालीका रहेको छ ।

nisarga

गृह जिल्लामा रहँदा १८ गते विहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, १९ गते विहान अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।