डडेल्धुराको परशुराममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

Image
maya metro

अत्तरिया – डडेल्धुराको परशुराम नगरपालिका–३ मट्यौलामा सोमबार दिउसो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशु तिरुवाको मृत्यु भएको हो।

nisarga

जिपमा चालकसहित ११ जना यात्रु सवार थिए। केही यात्रु सामान्य घाइते छन्।

का अनुसार सडकमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।