
काठमाडौं – बुधबार बिहान देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भने हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बधबार पनि देशका पहाडी भूभागमा पानी पर्ने महाशाखाले जनाएको छ। दिउँसो देशका अन्य पहाडी भूभागमा पनि पानी पर्नेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहितका क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। तराईका भू–भागमा पहाडी क्षेत्रको तुलनामा कम पानी पर्ने महाशाखाले जनाएको छ।

















