डडेल्धुराबाट चार जुवाडे पक्राउ

Image
फाईल फोटो
maya metro

डडेल्धुरा – डडडेल्धुराबाट चार जुवाडे पक्राउ परेका छन्।

अमरगढी नगरपालिका–७ जोशीगाउँका तिर्थराज जोशीको खुकुरा पाल्ने खाली टहराभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले चार जना जुवाडेलाई पक्राउ गरेको हो।

nisarga

तीर्थराज जोशीको कुखुरा पाल्ने खाली टहराभित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँका ३८ वर्षीय तेज कैनीसहित ४ जनालाई सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पोखरा र जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरी टोलीले ३९ हजार ३ सय ९५ नगद र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।