
काठमाडौं – बिहीबार दिउँसो बागमती, गण्डकी तथा कर्णाली प्रदेशका केही पहाडी भूभागमा आशिंक बदली रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो हल्का तथा क्षणिक वर्षा हुनेछ।

राति देशैभरको मौसम सामान्यता सफा रहने विभागले जनाएको छ।
काठमाडौं उपत्यकामा दिउँसोको तापक्रम ३१ डिग्री सेल्सियस रहने विभागले जनाएको छ।
















