डडेल्धुरामा एक बालिका मृत फेला

Image
maya metro

अत्तरिया – डडेल्धुरामा एक बालिका मृत फेला परेकी छन् । । मंगलबार नवदुर्गा गाउँपालिका–५ लम्पाटीका लक्ष्मण बिककी १० वर्षीया छोरी सानु बिक मृत फेला परेकी हुन्।

बाख्रा चराउन जंगल गएकी उनी राति घर नआएपछि खोजतलास सुरु गरिएको थियो। अस्थायी प्रहरी पोष्ट ठाँटाबजारबाट खटिएको प्रहरी टोलीले सानुलाई आज बिहान घरभन्दा एक किलोमिटर दुरीको जंगलमा मृत फेला पारेको हो।

nisarga

अहिले घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।