डडेल्धुराको अमरगढीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

Image
maya metro

डडेल्धुरा – सशस्त्र प्रहरी बल, नेपालले डडेल्धुराको अमरगढीमामा विपद् व्यवस्थापन बेस स्थापना गरेको छ ।

डडेल्धुराको अमरगढीस्थित नम्बर ५२ गुल्ममा अट्याच रहने गरी विपद् व्यवस्थापन बेस स्थापनमा गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

nisarga

पहाडी जिल्लामा हुने विपद् व्यवस्थापनका लागि सहस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० जनाको टोली नम्बर ५२ गुल्ममा रहने छ ।

वेशमा आवश्यक सामान र जनशक्ति तैनाथ गरिसकेको छ बताइएको छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उत्पादित जनशक्तिलाई परिचालन गरेको हो । यसबाट तत्काल मनसुनजन्य प्रकोप तथा अन्य अवस्थामा हुने विपद्लाई समेत न्यूनीकरण गर्न र उद्धार कार्यलाइ थप प्रभावकारी बनाउन सहज हुनेछ ।