सेतीले माग्यो चिकित्सकसहितका कर्मचारी

Image
maya metro

अत्तरिया – सेती प्रादेशिक अस्पतालले चिकित्सकसहितका कर्मचारी माग गरेको छ।

कैलालीस्थित धनगढीमा रहेको सेती अस्पतालले दुई प्रसुति तथा स्त्री रोग विशेषज्ञ चिकित्सकसहित पाँच जना कर्मचारी माग गरेको हो।

nisarga

अस्पतालले शुक्रवार एक सूचना सार्वजनिक गर्दै दुई स्त्री रोग विशेषज्ञसहित तीन जना जना नवौं, मेडिकल अधिकृत (आठौँ) र जना सातौँ तहका बामोमेडिकल इन्जिनियरको माग गरेको हो।

२१ वर्ष पूरा भएर ४५ वर्ष पूरा नभएकाले दरखास्त दिन सक्ने अस्पतालले जनाएको छ। इच्छुकलाई एक साता दिन भित्र दरखास्त पेस गर्न आग्रह गरिएको छ।