Attariya Hospital Pvt.Ltd.

गेटास्थित क्लिनिकमा उपचारका लागि लगिएका बालकको सञ्चालकका भाइले सुई लगाउदा मृत्यु,शव चार दिनदेखि अस्पतालमा

padma
milan sunchadi

धनगढी – कैलालीका एक पाँच वर्षीय बालकको शव चार दिनदेखि सेती अस्पतालमा छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटाका सम्राट् ऐरको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालको शव गृहमा रहेको हो।

गेटास्थित डिलासैनी क्लिनिकमा उपचारका लागि लगिएका उनको सञ्चालकका भाइले सुई लगाउदा मृत्यु भएको थियो। बालकको मृत्युपछि क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका–१३ श्रीलंकाका दिनेश धामी र नविन धामीलाई प्रहरीले पक्राउ गरेपनि परिवारका सदस्यहरूले बालकको शव बुझेका छैनन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुल्दिप चन्दका अनुसार परिवारका सदस्यहरूले क्लिनिक सञ्चालक र सुइ लगाउनेलाई कारबाहीका साथै क्षतिपूतिको समेत माग गरेका छन्। परिवारका सदस्यरहरू र क्लिनिक सञ्चालक पक्ष बिचमा बुध र बिहिवार जिल्ला प्रहरी कार्यालय, कैलालीमा छलफल भएको थियो। तर, उनीहरूको बिचमा सहमति भएको छैन।

Nawadurga
Leave A Reply

Your email address will not be published.