यौन तथा प्रजनन् शिक्षाका बारेमा जनप्रतिनिधी तथा कर्मचारीसंग अन्तरक्रिया

Image

अत्तरिया – यौन तथा प्रजनन् शिक्षाका बारेमा जनप्रतिनिधी तथा कर्मचारीसंग अन्तरक्रिया गरिएको छ । यार्ड नेपालले आइतबार कैलालीको अत्तरियामा गोदावरी नगरपालिका तथा कृष्णपुर नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीसंग अन्तरक्रिया गरेको हो ।

उत्त अन्तरक्रियामा स्थानीय सरकारको निति कार्यक्रम र बजेटमा यौन तथा प्रजनन स्वास्थ्य र बृहत यौनिकता शिक्षाका विषयमा बहस गरिएको थियो । बहसमा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले नगरबासीको यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा आफुहरु सचेत रहेको र विभीन्न माध्यमबाट कार्यक्रम सञ्चालन गरिरहेको बताईन् ।

त्यस्तै नगरपालिकाका शिक्षा शाखा प्रमुख पर्यागराज जोशीले यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा पाठ्क्रममै समावेश गरिनुपर्ने बताए । उनले सोहि बमोजिम आफुहरुले गोदावरीको स्थानीय पाठ्क्रममा उत्त विषय समावेश गरेको बताए । त्यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्काले कृष्णपुर नगरपालिकाले स्वास्थ्य तथा शिक्षामा हरेक वर्ष लगानी बढाउने गरेको बताए ।

उनले यौन तथा प्रजनन् स्वास्थ्य महत्वपुर्ण विषय भएकोले विभीन्न समयमा किशोर किशोरी लक्षीत कार्यक्रम सञ्चालन गर्ने गरिएको बताए । उनले पालिकाबाट महिलाकालागि आत्मरक्षा तालिम लगायतका कार्यक्रम अगाडि बढाईएको बताए । त्यस्तै अन्तरक्रियामा कृष्णपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले अधिकांश कार्यक्रमहरु बजेट अभावका कारण ओझेलमा पर्ने बताए ।

उनले स्वास्थ्य नै सबैभन्दा महत्वपुर्ण कुरा भएकोले स्वास्थ्यमा लगानि बढाउन आनाकानी गर्न नहुने बताए । कृष्णपुर नगरपालिकाले गर्भवतीलाई २४ सै घण्टा निशुल्क एम्बुलेन्सको व्यवस्था पनि गरिएको उनले बताए । स्वास्थ्य क्षेत्रमा सचेतना मुलक कार्यक्रम बढाउनुपर्ने उनले बताए । यार्ड नेपालले यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आईरहेको छ । उत्त अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधी,कर्मचारी लगायत विभीन्न क्षेत्रका व्यत्तिहरुको सहभागीता रहेको थियो ।