गेटाबाट अनशन नबसेरै फर्किए डाक्टर केसी

Image
maya metro

अत्तरिया – डाक्टर गोबिन्द केसी कैलालीको गेटाबाट अनशन नबसेरै फर्किएका छन् ।

काठमाडौमा पत्रकार सम्मेलन गरेर कैलालीको गेटा मा अनसन बस्ने घोषणा गरेर शुक्रबार आज गेटा पुगेका थिए ।

nisarga

अबेर राती गेटा मेडिकल कलेज पुगेका केसी गेटमा स्थानीय संघर्ष समितिका पदाधिकारी संग बिबाद गरेर बाहिरिएका छन् ।

केसी यहाँ आएको थाहा पाएपछि गेटामा चिकित्सा बिश्वबिद्धालय को माग गर्दै लामो समय देखि आन्दोलनरत संघर्ष समितिका पदाधिकारी गेटा पुगेका थिए ।

त्यसपछि केही बेर संघर्ष समितिका पदाधिकारी देखेपछि डा• केसी झोक्किएका थिए । संघर्ष समितिका संयोजक लोकराज पाण्डे आगोले भने – ‘डा •केसी आउन लागेको थाहा पाएपछि हामी पनि यहाँ आएका थियौं । के रहेछ भनेर बुझ्न खोज्यौ तर उहाँ आक्रामक शैलीमा हामी माथी खनिनु भयो । हामिलाई प्रहरी बोलाएको समेत आरोप लगाउनु भयो । तर हामी उहाँ को ब्यबस्थापन गर्न आएका थियौं।`

संयोजक पाण्डेले डा. केसी यहाँका जनता को माग बिपरित आएको हुन सक्ने आशंका गरे।

समितिका अर्का सदस्य आनन्द भट्ट ले डा• केसी माथी आफुहरु को कुनै आक्रोश नभएको तर उनी उल्टै आबेग मा आएको बताए ।

केसी ले काठमाडौमा आज पत्रकार सम्मेलन गरेर  गेटा मा शिघ्र स्वास्थ बिज्ञान प्रतिष्ठान को काम अगाडि बढाउनु पर्ने बताएका थिए ।

उनको माग प्रती स्थानीय संघर्ष समितिले असहमति जनाएको छ ।  गेटा मा प्रतिस्ठान नभएर चिकित्सा बिश्वबिद्धालय हुनुपर्ने स्थानीयको चाहाना रहेको छ ।