भारतीय राजदुतावासले धनगढीलाइ दियो एम्बुलेन्स

Image
maya metro

धनगढी – भारतीय राजदुतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो।

nisarga

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले धनगढी उपमहानगरपालिकाको आमा बचाउ कार्यक्रमका लागि टाइपबी एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

अर्थमन्त्री पुनले धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाकी प्रतिनिधि गीता रिजाल भट्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।