
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका झण्डै नौ हजार जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ ।
मेयरसंग जेष्ठ नागरिक स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्तरगत बिहिबार (भोली) देखी घर घरमै पुगेर जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार नगरभित्रका आठ हजार आठ सय ५९ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने भएको हो । जस्कालागि नगरका १६ ओटै स्वास्थ्य सँस्थाबाट ३२ जना स्वास्थ्यकर्मी खटाईएको छ ।
स्वास्थ्य परिक्षणमा खटिने स्वास्थ्यकर्मीलाई आज अभिमुखिकरण पनि गरिएको छ । स्वास्थ्य शाखा प्रमुख अवस्थीले नसर्ने रोगलाई प्राथमिकतामा राख्दै रत्तचाप,सुगर,दम र पिसाब सम्बन्धी जाँच गरि समस्या देखिएमा औषधी पनि प्रदान गरिने बताए ।
त्यस्तै परिक्षणको समयमा कुनै ठुलो समस्या देखिएमा पनि उपचारको लागि स्वास्थ्य शाखाले सम्बन्धित निकायसंग समुन्वय गरिदिनेछ ।
















