धनगढी – धनगढीकाे सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाकाे मृत्युु भएकाेे छ ।
लम्कीचुहा नगरपालिका- ८ घर भएकी २५ वर्षीया टिकेश्वरी शाहीकाे बुधबार मृत्युु भएकाे प्रहरीले जनाएकाे छ ।
टिकेश्वरीले मंगलबार शल्यक्रिया मार्फत शिशु(छाेरा) लाई जन्म दिएकी थिइन् ।
शिशुलाई जन्म दिएपछि गम्भीर बनेकी शाहीकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बाेहराले बताए ।
उनकाअनुसार शिशु भने सकुशल छन् । मृतककाे शव परीक्षणका लागि प्रादेशिक अस्पतालकाे शव गृहमा राखिएको छ ।