सुदूरपश्चिमका किरण बने यो सिजनको पिएम कपमा शतक हान्ने पहिलो खेलाडी

Image
maya metro

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरणकुमार ठगुन्नाले शतक प्रहार गरेका छन्। आइतबारदेखि सुरु भएको कपमा यो पहिलो शतक हो।

दाङको लमहीमा भएको खेलमा किरणले गण्डकी प्रदेशविरूद्ध शतक प्रहार गरेका हुन्।

nisarga

उनले नटआउट १२१ रन प्रहार गरेपछि सुदुरपश्चिमले गण्डकीलाई ६ विकेटले पराजित गरेको छ।

२२१ रनको लक्ष्य सुदूरपश्चिमले किरणले शतक प्रहार गरेपछि ४ विकेटको क्षतिमा ४३ ओभरमा पूरा गर्‍यो।

किरणले १०१ बलमा ९ चौका र ६ छक्का प्रहार गरेका थिए। किरणबाहेक सुदुरका लागि कप्तान नारायण जोशीले ४७ बलमा नटआउट ३८ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ८ विकेटको क्षतिमा २२० रन जोड्यो।

उसका लागि अर्जुन कुमालले ५७ रन र दीपक डुम्रेले ६० रन बनाए। बलिङमा सुदूरपश्चिमका शेर मल्लले ३ विकेट हात पार्दा नारायण जोशीले २ विकेट लिए।

प्रतियोगितामा सुदुरपश्चिमले आफ्नो पहिलो खेल गुमाएको थियो। गण्डकीको भने यो पहिलो खेल हो।