तेस्रो नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आयोजकलाई

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१० मा चलिरहेको तेस्रो नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि आयोजक न्यू सितापुर युवा क्लब (ए) ले जितेको छ। बिहिबार भएको फाइनल खेलमा न्यू सितापुरले अत्तरियाको जिएसएम नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

टस जितेर ब्याटिङ गरेको जिएसएम १४ ओभरमै सबै विकेट गुमाएर ५० रनमै सीमित भयो। जिएसएमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। आयोजकका बलरहरू प्रभावशाली देखिए—हरिसले ३ विकेट लिँदा, मदन र पारसले २/२ विकेट लिए।

nisarga

५१ रनको लक्ष्य पछ्याएको न्यू सितापुरले ९.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटायो। पारस शाहले अविजित १७ रन र टेक रावतले अविजित १५ रन बनाए। बलिङतर्फ जिएसएमका विपिन धामीले २ र प्रवेश क्षेत्रीले १ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि पारस शाह म्यान अफ द म्याच घोषित भए।

उपाधिसहित न्यू सितापुर युवा क्लबले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता जिएसएम नाइट राइडर्सले ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

पारस शाह नै प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै २ हजार १०० रुपैयाँ प्राप्त गरे। १६ विकेट लिएका जिएसएमका भोजराज भट्टराई बेस्ट बलर घोषित भए भने २१४ रन बनाएका मष्टाबण्डली युवा क्लबका अर्जुन पार्की बेस्ट ब्याट्सम्यान घोषित भए। दुवैले समान १ हजार ५०० रुपैयाँ पाए। आयोजक टिमका सुमित पार्की राइजिङ प्लेयर घोषित हुँदै १ हजार १०० रुपैयाँ जिते।

क्लब अध्यक्ष श्याम स्वाँरको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा वडाध्यक्ष रवीन्द्र शाही प्रमुख अतिथि रहेका थिए । समापन समारोहमा प्रतियोगितामा सहयोग पुर्‍याउने व्यक्तिmहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहीले आफू यस क्षेत्रको विकासका लागि सँधै लागिपर्ने बताए ।