
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १ बसन्तपुरमा इन्डोर ब्याटमिन्टन कोर्ट निर्माण हुने भएको छ ।
प्रदेश सरकारको आर्थिक वर्ष ०८१/०८२ सञ्चालित युवा लक्षित कार्यक्रम अन्तर्गत विनियोजन बजेटमार्फत ब्याटमिन्टन कोर्ट निर्माण हुने भएको हो ।

कोर्टको बुधबार सुदूरपश्चिम प्रदेशकी सांसद तुलसीदेवकोटाले शिलान्यास गरेकी छिन् ।
शिलान्यास गरिएको कोर्टको सागर कन्स्ट्रक्सन प्राली संग १५ लाखमा ठेक्का भई असार मसान्त भित्रमा निर्माण सम्पन्न गरिने सम्झौता गरिएको छ ।















