पिएफए भेट्रान्स कपको छैटौं संस्करण जेठ २५ गतेदेखि

Image
maya metro

अत्तरिया – पिएफए भेट्रान्स कपको छैटौं संस्करण जेठ  २५ गतेदेखि हुने भएको छ ।

पिएफए स्पोर्टस क्लवद्वारा आयोजित पिएफए भेट्रान्स कपको छैटौं संस्करणको मिति मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

nisarga

पत्रकार सम्मेलनमा बोल्दै क्लबका महासचिव सिद्ध बोहराले खेल  टि ट्वान्टी फरम्याटमा  खेलाइने बताए ।

असार ७ गतेसम्म चल्ने प्रतियोगितामा एलबीडब्लू बाहेक आइसिसिका सबै नियमहरु लागु हुने भन्दै उनले खेल लिगअफ नकआउट चरणमा खेलाईने बताए ।

प्रतियोगितामा प्लेइङ ११ भित्र बढिमा ४ जना खेलाडी ३२ वर्ष उमेर पुरा भएको र अन्य खेलाडी ७ जना हुनुपर्ने उनले बताए । खेलाडी ३५ वर्ष उमेर पूरा भएको हुनुपर्नेछ जस मध्ये २ जना खेलाडी ४० वर्ष उमेर पूरा भएको अनिवार्य हुनुपर्ने छ ।

क्यानद्वारा आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेको कम्तीमा २ वर्ष समयावधी नाघेका खेलाडीलाई मात्र समावेश गराइनेछ । खेल अवधिमा कनै विवाद आएका निणायक मण्डल र आयोजकको निर्णय नै अन्तिम हुनेछ ।

त्यस्तै प्रत्येक खेलमा प्रत्येक टिमको १६ जना खेलाडि मध्ये १ जना खेलाडी इनप्याक्ट खेलाडिको रुपमा सहभागि गराउन मिल्ने बोहराले बताए ।

खेल दौरान कुनैपनि खेलाडीलाई चोटपटक लागेमा प्राथमिक उपचार वाहेक अन्य उपचारको जिम्मा टिम वा खेलाडीले स्वयम् लिनुपर्ने आयोजकले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन जेठ २२ गतेसम्म टिम दर्ता गर्न सकिनेछ भने टिम दर्ता शुल्क १० हजार लाग्नेछ  । प्रतियोगिताको प्रथम पुरस्कार एक लाख मेडल ट्रफि प्रमाण-पत्र रहेको छ भने द्वितिय पुरस्कार पचास हजार नगद  मेडल प्रमाण-पत्र रहेको छ ।

त्यस्तै म्यान अफ द सिरिजलाई  नगद पन्ध्र हजार, ट्रफि प्रमाण-पत्र उपलब्ध गराइनेछ भने ब्याट्स म्यानलाई नगद दस हजार  ट्रफि प्रमाण-पत्र र बेस्ट बलरलाई नगद दस प्रदान गरिनेछ ।

त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई  दुई हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रवर्द्धकमा गोदावरी नगरपालिका रहेको छ ।