
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित स्याउलेमा ब्याटमिन्टन कोर्टको शिलान्यास गरिएको छ ।
शुक्रबार स्याउले बजार स्थित विश्वनाथ महादेव मन्दिर नजिक ब्याटमिन्टन कोर्टको शिलान्यास गरिएको हो ।

गोदावरी नगरपालिकाको सहयोगमा बन्न लागेको ब्याटमिन्टन कोर्टकोे शुक्रबार नेपाली कांग्रेस वडा नम्बर ८ का सभापति टेक बहादुर देउवाले शिलान्यास गरेका हुन् ।
जयलक्ष्मी ग्रामिण विद्युत सहकारीका अध्यक्ष समेत रहेका देउवाले शिलान्यास कार्यक्रममा बोल्दै यहाँका युवाहरुलाई मध्यनजर गरि ब्याटमिन्टन कोर्ट निर्माण गर्न लागिएको बताए ।
ब्याटमिन्टन कोर्टले खेलकुद प्रर्वद्धनमा समेत टेवा पुग्ने उनले बताए ।















