दार्चुलाको चमेलिया नदीमा बगेर पुरुषको मृत्यु

Image
maya metro

दार्चुला – दार्चुला र बैतडीको सीमा नदी चौलानी (चमेलिया) नदीमा बगेर एक पुरूषको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिवार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ।

nisarga

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छेलाबगरमा नुहाउने क्रममा चौलानी नदीमा बगेर ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको हो।

नदीमा बगेर पाल केही समयपछि बगेको ठाउँदेखि करिब दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए।

मृतक पालको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।