कञ्चनपुरबाट ठुलो परिमाणमा खैरो हेरोइनसहित २ जना पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको पुनर्वासबाट लागूऔषध व्युरोले सुदूरपश्चिमको टोलीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित सम्राट होटलबाट प्रहरीले ठूलो परिमाणको खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको हो।

nisarga

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई शुक्रवार नियन्त्रणमा लिएको बताएको छ।

दार्चुलाको महाकाली नगरपालिका–३ का ४२ वर्षीय नरसिंह महरा र पुनर्वास नगरपालिका–६, ङ गाउँका ५० वर्षीय दीपक बिसी पक्राउ परेका हुन्।

सम्राट होटेलको कोठामा शंकास्पद रूपमा बसेका उनीहरूको साथमा चेकजाँच गर्दा महराको झोलाभित्र सेतो प्लास्टिकमा बेरिएको ५ वटा पोका फेला परेको थियो। बरामद पदार्थको शुद्ध तौल २७३.२६० ग्राम रहेको प्रहरीले बताएको छ।

उनीहरूलाई लागुऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।