अत्तरिया संचार संघको आयोजनामा लागूऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया संचार संघको आयोजनामा लागूऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

संघले गोदावरी नगरपालिकाको सहयोगमा विद्यार्थी तथा युवा युवतीहरुलाई लागूऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

nisarga

सो कार्यक्रम अन्तरगत ७ वटा विद्यालयमा कार्यक्रम गरिने अत्तरिया संचार संघका महासचिव धुर्व ओझाले बताएका छन् ।

आज पहिलो दिनको कार्यक्रम वडा नम्बर ८ स्थित शारदा मावि श्रीपुरमा गरिएको थियोे ।

वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरी प्रमुख अतिथि रहेको कार्यक्रममा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक ईन्द्रराज भट्टले प्रशिक्षण गरेका थिए ।

त्यस्तै गोपाल जोशी सहायक प्रशिक्षकको रूपमा रहेका थिए ।  संघले अत्तरियामै रेडियो अत्तरिया पनि संचालन गर्दै आएको छ ।