
अत्तरिया – एनएमबि बैंक धनगढी शाखाले अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग गरेको छ ।
बैंकले आइतबार संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सेभ हाउसलाई सहयोग गरेको हो ।

महिला तथा बालबालिका सेभ हाउसका सचिव तिलकराज जोशीले बैंकले सेभ हाउसमा आश्रित बालबालिकाहरुलाई एकएक जोर कपडा, स्टेसनरी तथा खाद्यान सहयोग गरेको बताएका छन् ।
















