कैलाली कारागार भित्र कैदहरुबीच कुटाकुट

Image
maya metro

अत्तरिया – जिल्ला कारागार कैलाली भित्र कुटाकुट भएको छ। कारागार भित्र लफडा भएको सूचनापछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख बाल नरसिंह राणा पुगेका छन्। उनले कारागार भित्रका कैदी तथा थुनुवाहरूसँग सोधपुछ गरिरहेका छन्।

जिल्ला कारागार भित्र झगडा गर्ने व्यक्ति र कारण खुलेको छैन। तर, एक जनाको नाँकमा चोट लागेको जनाएको छ। प्रहरी प्रमुख राणाले उनीहरूसँग घटनाको कारणको विषयमा सोधपुछ गरिरहेको बताएका छन्।

nisarga

उनले भने, ‘लफडा भयो, म अहिले यहि छु।’ जिल्ला प्रहरी कार्यालयबाट प्रमुखसहित थप सुरक्षाकर्मी कारागार पुगेको छ। तर, पत्रकारहरूलाई प्रवेश गर्न अनुमति दिइएको छैन।

जिल्ला कारागार, कैलालीमा पटक–पटक लफडा हुने गरेको छ। कैदीहरू नै फरक–फरक समूहमा विभाजन भएर कुटाकुटको स्थिति सृजना हुने गरेको छ। प्रहरीले नै थुनामा रहेका कैदीलाई कुटेर मार्न लगाएको आरोपसमते लाग्ने गरेका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का हरि सिंह पालीको कारागारमा कुटेर हत्यार गरिएको भन्दै कैलाली प्रहरीमा जाहेरी दर्ता भएको छ।