दृष्टि फाउन्डेसनलाई निरन्तर सहयोग गर्दै आएको धनगढी उपमहानगर

Image
maya metro

अत्तरिया – धनगढी उप–महानगरपालिकाले दृष्टि फाउन्डेसनलाई लगातार तीन वर्षदेखि आर्थिक सहयोग गर्दै आइरहेको छ ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो। उक्त रकम २०७९ असार २५ गते फाउन्डेसनलाई पाँच लाख रुपैयाँ फाउन्डेसनको खातामा जम्मा भएको अभिलेखमा उल्लेख छ।

nisarga

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा पनि उपमहानगरपालिकाले सडक आश्रित मानव र बाल लक्षित विकास कार्यक्रम अन्तर्गत दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

यो रकम २०८१ साल जेठ २ गते कर कट्टी गरेर फाउन्डेसनको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको थियोछ। खर्च शीर्षक ३११२३ बाट यो रकम सहयोग गरिएको थियो।

त्यस्तै चालु आर्थिक वर्ष २०८१/८२ मा पनि उपमहानगरपालिकाले दृष्टि फाउन्डेसनलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ। यो रकम २०८१ साल जेठ ५ गते भुक्तानी गरिएको हो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफू निर्वाचित भएदेखि सामाजिक क्षेत्रमा काम गर्ने हरेक संघ संस्थाहरुलाई समान हिसाबले सहयोग गर्दै आइरहेको बताएका छन् ।

गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उपमहानगरले सहयोग नगरेको फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टले आफूसंग गुनासो गरेको अभिव्यक्ति एक सार्वजनिक कार्यक्रममा दिएपछि धनगढीका नगर प्रमुख हमालले एक भिडियो सार्वजनिक गर्दै आफूले फाउन्डेनलाई हरेक वर्ष सहयोग गर्दै आइरहेको बताएका हुन् ।

गत असार २२ गते कैलालीको अत्तरियामा दृष्टि फाउन्डेसनले सञ्चालन गरेको वृद्धाश्रम उद्घाटन गर्दै गोदावरीका नगर प्रमुख विरेन्द्र भट्टले धनगढी उपमहानगरका प्रमुख गोपाल हमालले फाउन्डेसनलाई सहयोग नगरेको जिकिर गरेका थिए।

उनले, ‘धनगढी नगरले नदिएपछि कल्पना भट्टको अनुरोधमा मैले नै सहयोगको पहल गरेको हुँ,’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनले पूर्व नगर प्रमुख नृपबहादुर वडले दृष्टि फाउन्डेसन स्थापनामा महत्वपूर्ण भूमिका खेलेको समेत स्मरण गरेका थिए।