
अत्तरिया – कञ्चनपुर कृष्णपुर नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शववाहन सेवा सुरु गरेको छ।
नगरपालिकाको सञ्चालनमा ल्याइएको उक्त सेवा साउन १ गते (भोली) देखि औपचारिक रूपमा सुरु हुँदैछ ।

नगर उपप्रमुख द्रोपती रानाले शववाहनको पूजाआजा गरेकी छिन् । उनले ज्यान गुमाएका नगरबासीको शव अन्तिम संस्कारका लागि सहज हुने बताइन् ।
उक्त न्यून आय स्तर भएका व्यक्तिहरुलाई सहज हुने उनको भनाई छ ।
















