गौरीगंगामा रुख ढल्दा च्यापिएर महिलाको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगामा रुख ढल्दा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका वडा नम्बर- १० उदासीपुर वेतालटोलकी ७० वर्षीय अनाकली चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

बुधबार बिहानको समयमा शौचालय जाने क्रममा घर नजिकै रहेको अस्नाको रुख ढल्दा च्यापिएर चौधरीको मृत्यु भएको हो ।