सुदूरपश्चिमको राजधानी गोदावरीबाट सार्न खोजेको भन्दै एमाले गोदावरीले निकाल्यो प्रेस विज्ञप्ती

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट सार्न खोजेको भन्दै नेकपा (एमाले) कैलालीको गोदावरी नगर कमिटिले प्रेस विज्ञप्ती जारी गरेको छ ।

सोमबार एमाले गोदावरीका नगर कमिटि अध्यक्ष सन्तोष सिंह र सचिव विक्रम विष्टले जारी गरेको विज्ञप्तीमा सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट सार्न खोजेको भन्दै नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

nisarga

विभिन्न समाचार माध्यममा आएको सूचना अनुसार सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीबाट धनगढी सार्ने भन्ने विषयमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

विज्ञप्तीमा भनिएको छ, “वि.सं. २०७७ असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाको दुई तिहाई बहुमतबाट गोदावरी नगरपालिका वडा नं. २ र ४ को गोदावरी क्षेत्रमा स्थायी राजधानी बनाउने निर्णय अनुसार सोही ठाउँलाई राजधानीको रुपमा विकास गर्न समग्र गोदावरी बासीको तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गर्दछौँ ।”

यसरी दुई तिहाई बहुमतबाट पारित भएको निर्णयलाई बदर गरी अन्यत्र राजधानी सार्ने निर्णयमा हाम्रो पार्टीको कुनै पनि सवालमा सहमति नहुने कुरा एमालेले विज्ञप्तीमा प्रस्ट पारेको छ । अन्यथा चरणवद्ध आन्दोलन गरिने कुरा समेत विज्ञप्तीमा उल्लेख गरिएको छ