मोहना नदी किनारमा एक बालकको शव फेला

Image
maya metro

धनगढी – धनगढीको मोहना नदीमा एक बालकको शव फेला परेको छ।

प्रादेशिक आर्युवेद चिकित्सालय नजिकै मोहना नदी किनारमा मंगलवार वेवारिसे अवस्थामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

nisarga

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले अन्दाजी ८/९ वर्षीय बालकको शव फेला परेको बताए। उनका अनुसार शवको केही भाग सडेको अवस्थामा रहेको छ। शवको पहिचान हुन भने बाँकी छ।

अहिले शवलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ।